Author's PickSmart City

मलाई यस्तो पोखरामा बस्न मन छ

 
सबैको जस्तो मेरो पनि एउटा सुन्दर सहरमा बस्न मन छ। कुरुप हुदै गएका काठमान्डौ, (पोखरा पनि), बिराटनगर जस्ता शहरमा मेरो दिनचर्या चल्दै गर्दा मेरो आखा बरिपरि मरो कल्पना को शहर टि.भिमा डकुमेन्ट्रि हेरे जस्तै आउनेगर्छ। यो मेरो व्यक्तिगत सोच हो तर मलाइ लाग्छ यो आम मानिसको साझा  चाहना हो किनकि मैले कल्पनाको पोखरा मस्तिष्कमा कोर्दै गर्दा म ईन्जिनियर भएर होईन केवल मानव भएर कोरेको छु ।

घर

भुकम्प पश्चात सहरी भवन निर्माणमा तोकिएको मापदण्ड सरहानिय छ। र यो मापदणड कडाईका साथ लागु हुन पनि जरुरी छ। अझैपनि, सुधारकालागी ठुलो ठाउँ खाली छ। । नगरपालिकाले एकै ढाँचा, रङ, तला निर्धारण गर्न सके,कस्ले नियम मिच्यो आफै छुट्टिन्छन र सहरि भवन निर्माण मापदण्ड लागु गर्न सहज हुन्छ। अब भवन निर्माण गर्दा  “ग्रिन होम्स” को अवधाराणामा निर्माण हुनु पर्दछ। घर बनाउदा पर्यावरणीय महत्वका कुराहरुलाई ध्यान दिएर, हरियाली(कौसी खेती), कम्पोष्टिङ, चराको घर, खेरा गएको पानी सङकलन, शुध्दिकरण र पुन: प्रयोग,फोहर व्यवस्थापन र वर्षापानि सङकलन गर्ने कुराहरु प्राथमिकतामा पर्नु पर्दछ। उर्जामा आत्मनिर्भरताले सहरलाई सम्पन्न र स्वतन्त्र बनाउछ त्यसैले अफ्ना घरमा उपभोग गरिने उर्जा आफ्नै छतमा सोलारबाट उत्पादन गर्न सके हामी उर्जामा आत्मनिर्भर हुन्सक्छौ।
नगरपालिकाले घरयासी सुरक्षाकालागी अझै केहि नियम,मापदण्ड थप्न जरुरी छ। हाम्रो समाजमा मानिसहरु आगलागीले, ग्यास पड्केर, निसासीयर ज्यान गुमाउछन्। यस्ता घटनालाइ रोक्नका लागी घर- घरमा  स्मोक डिडेक्टर (आगो लागे सुचना दिने), LP ग्यास लिक भए साईरन बजाउने सुचक, चोर पसे सुचना दिने सेन्सर  हुन जरुरी हुन्छ। यी साना र सरल प्रविधि हुन जसमा हामीले ध्यान दिए धेरै घरेलु दुर्घटनाहरु रोक्न सक्छौ।

फोहर व्यवस्थापन

फोहर व्यवस्थापनको कडि श्रोतबाटै फोहर न्युनीकरण गर्नु हो। श्रोतमा उत्पादित फोहरलाई श्रोत मै व्यवश्थापन गर्नु पर्दछ। हामीले घरमा उत्पादन गर्ने फोहरलाई पहिले निम्न अनुसार वर्गिकरण गर्नु पर्दछ।
  • कुहिने :-भान्सा बाट निस्कने फोहर, कागज आदिलाई कुहाएर कम्पोष्ट बनाएर करेशाबारी, कौसी खेती, फुलबारीमा प्रयोग गर्न सकिन्छ। यो एकदम सजिलो छ । एउटा ड्रमलाइ छतमा राखेर ,फोहर सङकलन गरी कम्पोष्टिङ गर्न सकिन्छ।
  • पुन: प्रयोग हुने जस्तै पुराना कपडा बाट चकटि बनाउने, पुराना सिसाका बोतलबाट बिभिन्न सजावटका चिज बनाउने।
  • रिसाइकल: प्लास्टिक, फलाम ,ईलेक्ट्रोनिक्स जन्य फोहर हरुलाइ पेलेर नयाँ वस्तु बनाउन सकिन्छ। रिसाइकलको लागी त हाम्रोमा  पहिलेनै एउटा स्थापित संयन्त्र छ। कवाडि उठाउने, जम्मा गर्ने , छुट्याउने, रिसाइकलमा पठाउने। निजि क्षेत्र नै सक्रिय छन्। यसलाइ व्यवस्थित गर्न सके र अझै बढि ब्यक्तिहरु यसमा स्बरोजगार भए अझ हाम्रो वातावरणीय अर्थतन्त्र दिगो हुनेछ।

 

रिसाइकल तथा पुन: प्रयोगमा व्यवसायिक अभ्यास बढाउन, निजि क्षेत्र र सरकारलाइ समन्वय गरि युवा startup हरुलाई संलग्न गराउने सके, फोहर मोहरमा परिणत हुने थियो। सरकारले ठुलो जमातका कर्मचारी, गाडी, ईन्धन, ल्याण्ड फिल्ड साइटको खर्च ब्यहोर्नु पर्ने थिएन। निजि क्षेत्रले व्यवसायिक भएरै फोहर व्यवस्थापन गर्ने थिए।

मासु पसल

मेरो घर, टोल र छिमेकमा हिड्दा जताततै सिङगै झुण्ड्याइएका खसि, झिङगा भन्किएका मासु पसल देख्छु।पर्यटकहरु हाम्रो टोलमा हिड्दा तिनै मासु पसलको फोटो लिएको देख्दा मनै खिन्न हुन्छ।यो परिवर्तन हुन पर्छ भन्ने लाग्छ। व्यवस्थित बधशाला हुनुपर्दछ भन्ने लाग्छ। बाटो नजिकै रेटेर खसि काटेको देख्दा बरिपरिको सामाजलाइ त्यसले के असर गर्छ भन्ने कुरा सोच्न जरुरी छ। मलाइ यस्तो मासु पसलमा छिर्न मन छ, जहा टाई सुट लगाइको व्यक्तिले सम्बोधन गरोस, मासुहरु फ्रिजरमा राखिएको होस। मासु पिस गर्ने ब्यक्ति एप्रोन लगाएर, पञ्जा,टोपि लगाएर पिस गरोस। भित्तामा मासु खानुको बेफाइदा हरुका बारेमा पोस्टर होस् र मासु खान कम गरौ भनि अनुरोध गरिइएको होस।
नगरपालिकाले नियम बनाएर मात्रै यो परिवर्तन आउदैन। मासु व्यवसायिलाइ तालिम दिएर,कुनै नमुना पसलमा भ्रमण लगेर देखाएपछि मात्र यो सम्भव छ भन्ने पत्यार हुन्छ। त्यसैले यस्ता किसिमका कार्यक्रमहरु ल्याउन जरुरी छ।
मासु पसलमा किन start up उधमीहरु नआउने? युवा वर्ग नयाँ-नयाँ ढङ्गबाट मासु ब्यवसाय संचालन गर्न अगाडी बढ्नु पर्छ। अबको धेरै ब्यबसाय अनलाइन हुदैछन त्यस्तै मासुको पनि हुन सक्छ। हामीले त्यो अभ्यासको शुरुवात गर्न जरुरी छ।

बाइक बर्कसप र यो बाटो कस्को?

घरको आगँनको ४ फुट र बाटोको ३ फुट ओगटेर चलेका बाइक वर्कसपहरुले एकातिर सहरको सौन्दर्य बिगारेका छन् भने अर्कोतिर ट्राफिक जाम र दुर्घटना निम्त्याएका छन्। बाटै भरी बाइक लाम लगाएर राखेको देख्दा, लाग्छ  पुरै बाटो उनैको हो ।
यसको व्यवस्थापनका लागि वर्कसपहरुलाइ “खुद्रे मर्मत” र “ सर्भिस सेन्टर” मा छुट्टयाएर, खुद्रेलाइ टोल टोलमा र सर्भिस सेन्टरलाइ औधोगिक क्षेत्र भित्र राखनु पर्दछ। खुद्रे वर्कसपहरु बाटो भन्दा अलि भित्र ,आफ्नै जग्गामा भए कति राम्रो हुनेथियो।

खोइ त गाडी चलाउने सिक्ने ग्राउण्ड?

नेपालका हरेक सहरमा सवारी साधन चलाउन सिक्ने ठाउँको कमि छ। पोखरामा रङगशालाको एउटा कुना सिक्न जानु पर्दछ, त्यो पनि कुनै ड्राइभिङ संस्थासँग आवद्ध भएर मात्रै पाइने। व्यवस्थित ठाउँको कमीले गर्दा, सहरवासीले वैज्ञानिक सिकाई अभ्यास गर्न पाएका छैनन्। सवारी दुर्घटना कम गर्नको लागी, लाईसेन्स दिन कडाइ गर्नुसँगै वैज्ञानिक सिकाईमा जोड गर्नु पर्दछ। यसकालागी अहिले रहेका ड्राईभिङ स्कुलहरुलाई मर्ज गराएर, आफ्नै (निजि स्वामित्वको होस या भाडा) जग्गामा निश्चित मोडल तयार गरी वैज्ञानिक तालिम हुनु जरुरी छ।

ट्याक्टर अब हटाऔ।

पोखरामा सबै भन्दा बढि ध्वनि प्रदुषण गर्ने सवारी साना ट्रयाक्टर हुन। सामान ढुवानीका लागी ट्रयाक्टर भन्दा साना-मझौला भ्यान किफायती हुन्छन र ध्वनि प्रदुषण पनि गर्दैनन्। त्यसैले अब पोखराले साना ट्रयाक्टर हटाउन जरुरी छ।
साइकल लेन को कल्पना
साइकल लेन दिगो विकासको सुचक हो। जुन सहरमा धेरै मानिस साइकलमा सवार गर्दछन् त्यो सहर वातावरणीय पक्षले सफा र स्वस्थ हुन्छ। पोखरा जस्तो पर्यटकिय सहरले साइकल लेनमा जोड दिइ दिगो पर्यटनलाइ प्रबर्दन गर्नु पर्दछ।पर्यटक पनि साइकलमा सहर घुम्न मन पराउछन् ।त्यसैले पर्यटकिय रुट जस्तै लेकसाईड देखि महेन्द्र गुफा, पामे, तालपारी, स्तुपामा साइकल लेन बनाइ दिगो पर्यटनको विकास गर्नु पर्दछ।

मर्निड बाक रुट र पार्क

काठमाण्डौमा विहानै प्राकृतिमा धुमफिर गर्ने, ब्याम गर्ने, योगा गर्ने कुरा अब सपना जस्तै भइसक्यो। पोखरा पनि त्यही कोलाहाले बिकास तर्फ लम्कदै छ र प्राकृतीक क्षेत्र मास्दैछ। त्यसैले पोखरामा हरेक वडामा पार्क, हरियाली र प्राकृतीक मर्निङवाक रुट संरक्षण गर्न जरुरी छ।
हालै प्रयोग भएका बगरमा मानिपाल-भलाम-कालिखोला, लामाचौर-वाटुलेचौरमा घार्मी डाँडा, लेकसाईडमा बसुन्धरा पार्क, रानिपौवा-भद्रकालीमा भद्रकाली डाँडा, पृथ्वी चोक-अमरसिंह चोकमा रंगशालालाइ संरक्षण गरेर सहरका अन्य क्षेत्रमा यस्तै प्राकृतीक पार्क निर्माण गर्नु पर्दछ।

खै त काली खोलाका माछा?

हामी सानै छँदा काली खोलामा ठुला ठुला भोटी माछा, च्यापा,गङगटा पाईन्थ्यो। आजकल त्यस्ता माछा खोलामा देखिदैनन्। यसको प्रमुख कारण त खेत बारीमा बिषादिको प्रयोग गर्नाले खोलाका जीव हराएका हुन। अर्को कारण जलाधार क्षेत्रमा मानव अतिक्रमण हुनु हो।
जलाधार क्षेत्र संरक्षण हुन आवश्यक छ। यो पृथ्वीमा जस्तो मानिसको महत्व छ,त्यस्तै माछा,गङगटाको पनि महत्व छ। जलाधार क्षेत्र हराउनु भनेको मानव सभ्याता खतरामा हुनु हो।सोचौ त एक्युरियमको माछा हेर्दा त कति आनन्द ,शान्ती हुन्छ भने खोलामा माछा हेर्दा कस्तो हुन्छ होला।
त्यसैले काली खोला, फिर्के खोला, गण्डकी, सात ताल, फुर्से खोला, याम्दि,मर्दि खोलाको संरक्षण गरी जलाधार पुनर्स्थापीत गर्न जरुरी छ।

के यो ठाँउ चरा चरुङगिका लागि होईन र?

हामीले सहरमा आफ्नो बास बनाउदै गर्दा चराचुरुङगीको उठिबास भएको पत्तै पाएका छैनौ। हामी बस्नु भन्दा हजारौ बर्ष अघिबाट चराचुरुङगी यहा बस्दै आएका हुन।मानिस त यहा ४० बर्ष यता त पसेका हुन र यो चालिस वर्षमा हामीले हजारौ चराचुरुङगीको वासस्थान उठाइसक्यौ।
सहरमा रुख ,हरियाली ,पार्क बढाएर चराको बासस्थान बनाउनु पर्छ।
हामीले घर घरको छतमा चरा बस्ने बक्सा राखेर ,पानि राखेर  पंक्षीमैत्री सहर निर्माण गर्नु पर्दछ।

अपाङग मैत्रि बाटो 

दिगो विकासको एउटा परिसुचक अपाङग मैत्री बाटो हो। सहरका मुख्य रुटमा, मोटर बाटोको किनारै किनार अपाङग मैत्री लेन निर्माण भएमा पोखरा सुन्दर साथै सभ्य हुने थियो। नेत्रहिनका लागी बाटो पहिल्याउन गिट्टि बिछाउने,  बाटो पारी जान जेब्राक्रसमा आवाज सहितको सुचक, व्हिल चियर हिड्न साइकल लेन बनाउन सके हाम्रो सहर अपाङग मैत्री हुनेछ।

यातायात

यातायात सार्वजनिक क्षेत्र हो। यसले समग्र सहरवासीको निजी जीवनशैलीमा प्रभाव राख्दछ। सार्वजनिक यातायातमा सुख हरेक सहरवासीको चाहना, आवश्यक्ता र अधिकार हो त्यसैले सार्वजनिक यातायातमा सरकारको लगानी तथा नियन्त्रण हुनु पर्दछ। सार्वजनीक यातायातमा साना तर धेरै गाडीको (जस्तै माईक्रो बस) सट्टामा थोरै र ठुला गाडीहरु भएमा ट्राफिक जाम र इन्धन खपत कम गर्न सकिने थियो। सहरको प्रमुख रुटमा ठुला गाडी र गल्ली हरुमा ईलेक्ट्रिक रिक्सा चलाएर यातायात सुविधा बढाउन सकिन्छ। सार्वजनिक यातायात यस्तो होस जँहा ड्राइभरहरु युनिफर्म लगाएका हुन, कन्डक्टरहरु हस्पिट्यालिटि तालिम प्राप्त हुन्, बोल्दा पनि सर,म्याम भनि नम्र सम्बोधन गरेको सुन्न पाईयोस। दिर्घकालीन सार्वजनीक यातायात विकासका लागी पोखरा,हेम्जा,लाचोक,घाचोक,पुरनचौर,अर्मला, भलाम,काहुखोला,लेखनाथ,,बेगनास ,राजाको चौतार,गगनगौडा, बाघमारा, लेकसाइड मा इलेक्ट्रिक ट्रलि बस चलाउनु पर्छ।
मलाइ लाग्छ अझै दश बर्ष मेट्रो रेलको आवश्यक्ता पोखरामा हुदैन होला।

बाटो

ठुला ठला फ्लाइ ओभर बनाउने बिकासतिर नलागौ। फ्लाई ओभरले सहरको सौन्दर्य बिगार्दछन्। बरु बाटो चौडा पारौ। प्राइभेट सवारी कम गरि सार्वजनिक सवारी लियौ। फ्लाइ ओभर वाला बिकाश दिगो बिकाश होइन र प्राकृतिक पनि देखिदैन। हेर्दैमा बिशाल भएकाले राम्रो हुने होइन। साना नै राम्रा हुन्छन। बाटो यस्तो होस ,जसमा प्राकृतिको आभास होस। बाटो दाँया ,बाँया र लेन बिचमा रुख बिरुवा हुन, मौरी चरा,फट्याङ्ग्रा  को बासस्थान होस।
फेरी पनि, बाटो बनाउदा मोटर बाटो मात्र होइन, साईकल लेन, अपाङग लेन र गोरेटो हुन जरुरी छ। हस्पिटल क्षेत्र नजिक एम्बुलेन्स लेन पनि हुनु पर्दछ।

ग्यास डिपो

पसलै पिच्छे खाना पकाउने LP ग्याँस पाइनु सुरक्षाको दृष्टि ले र कालोबजारी नियन्त्रणको दृष्टिले ठिक होईन।निश्चित डिपोमा, निश्चित ठाँउमा लाईसन्स प्राप्त कम्पनीलेमात्र ग्यासको कारोबार गर्ने भए कालोबजारी नियन्त्रण गर्न सहज हुने थियो। त्यसैले एउटा कम्पनीले एउटा वडामा एउटा मात्र डिपो राखन अनुमती हुनुपर्ने हो।

माइकिङवाला विज्ञापन

हाम्रो पोखरामा अझै पनि फिल्म, फुटबल म्याच, दोहरी र औषधिको विज्ञापनहरु माङकिङ गरेर गरिन्छ। यस्ता किसिमका विज्ञापनले पोखरेलीलाई कार्यक्रम सम्बन्धि जानकारी भन्दा पनि धेरै ध्वनि प्रदुषण गरी तनाब दिइरहेका छन्।ती व्यवसायहरुले माइकिङ गरेर गरिने विज्ञापन छाडेर सामाजिक सञ्जालमा विज्ञापन गर्न तर्फ लाग्नु पर्छ। फिल्म र खेलको बजार भनेको युवा बर्ग हो र अहिले ८० % युवा फेसबुक चलाउछन्। यो प्लेटफार्मलाई प्रयोग गरेमा ती व्यवसायका व्यापार प्रबर्दन हुनुका साथै वारावरण पनि शान्त हुन्छ।

अन्त्यमा, पार्किड. शुल्क

गुण्डा शैलीमा पार्किङ शुल्क उठाएको कसैलाइ मन पर्दैन। पोखरामा कोही व्यक्तिले पनि खुशी भएर पार्किङ शुल्क दिदैनन्। मानिसहरु किन झगडा गर्नु भन्ने सोचमा दिनहु पैसा चडाउछन्। पार्किङ शुल्क तिर्नु हाम्रो कर्तँव्य हो तर त्यही शुल्क सवारी कर तिर्ने समयमा एक मुष्ठ तिर्न पाए कसैलाइ केहि ग्लानी हुने थिएन। हामीले तिरेको करको जवाफदेहिता खोज्न हामी नगरपालीका जाने की, पार्किड ठेकेदार कहाँ यो निर्क्यौल हुनु पर्दछ।

 

Prakash Acharya is an entrepreneur from Nepal, passionately working to substitute fossil fuels with clean energy technologies. He co-founds Mukti Energy, a solar energy company providing a one-stop solution in the sector. He is also a big believer in change so he advocates and works for creating impact in society. His topics of interest spans from sustainability, zero energy, poverty reduction, sociology to smart city. He graduated from Institute of Engineering, Thapathali Campus on Industrial engineering. He is also a former assistant lecturer in IOE, Thapathali . Prakash is a fellow for Social Entrepreneurship Outreach Program 2014, Social Entrepreneurship Forum Sweden.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

FOLLOW @ INSTAGRAM